birat ribon

उरुग्वे बराबरीमा रोकियो

Neuro
उरुग्वे बराबरीमा रोकियो

विराटनगर / सन् २०२२ मा हुने विश्वकपको छनोट खेलमा उरुग्व र भेनेज्वलाले बराबरी खेलेका छन् । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वेले भेनेज्वलासँग गोलरहित बराबरी खेलेको हो ।

भेनेज्वलाको मैदानमा निर्धारित समय गोल हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् । बराबरीसँगै चौथो स्थानको उरुग्वेले ६ खेलमा आठ अङ्क जोडेको छ । नवौँ स्थानको भेनेज्वलाले चार अङ्क जोडेको छ ।

cura insider

उरुग्वे भेनेज्वलाले दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्नुअघि विश्वकप छनोटको खेल खेलेका हुन् । उरुग्वेले अर्जेन्टिनासँग खेल्दै कोपा अमेरिकाको थालनी गर्नेछ । भेनेज्वलाले भने कोपामा पहिलो प्रतिद्वन्द्वीको रूपमा साविक विजेता तथा आयोजक राष्ट्र ब्राजिलको सामना गर्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: