birat ribon

स्पेनको शानदार जित

Neuro
स्पेनको शानदार जित

विराटनगर / स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लिथुनियामाथि ४–० गोलको शानदार जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा स्पेनलाई जिताउन ह्युगो गुइलामोन, ब्राहिम डियाज, जुआन मिरान्डार जाभी पाउडोले समान एक गोल गरे ।

स्पेनको मैदानमा खेलको तेस्रो मिनेटमा गुइलामोनले गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । २४औँ मिनेटमा डियाजले गोल गरेपछि स्पेन पहिलो हाफमा २–० गोलले अगाडि रह्यो ।

cura insider

५३औँ मिनेटमा मिरान्डाले गोल गर्दै घरेलु टिमको अग्रता तेब्बर बनाउँदा ७२औँ मिनेटमा पाउडोले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए ।

स्पेनले युरो कप २०२० का तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । स्पेनले १५ जुनमा स्विडेनसँग खेल्दै युरो कपको थालनी गर्नेछ । लिथुनिया भने विश्वकप छनोटको तयारीमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: