birat ribon

फ्रान्सको सहज जित

Neuro
फ्रान्सको सहज जित

विराटनगर / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० सहज जित दर्ता गरेको छ । मङ्गलबार राति फ्रान्सको मैदानमा भएको खेलमा घरेलु टिमलाई जिताउन ओलिभर जिराउडले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले एक गोल गरे ।

खेलको २९औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए । ८३औँ मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ९०औँ मिनेटमा जिराउडले दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए ।

cura insider

फ्रान्सले युरो कप २०२० को तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो । बुल्गेरिया भने विश्वकप छनोट खेलको तयारीमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: