birat ribon

विश्वकप छनोट : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

Neuro
विश्वकप छनोट : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

विराटनगर / विश्वकप फुटबल २०२२ को छनोट खेलमा अर्जेन्टिनाकाे टाेली काेलम्बियासँग बराबरीमा रोकिएको छ । २–१ गोल अन्तरको जितको नजिक पुगेको अर्जेन्टिना अन्तिम मिनेटमा गोल खादै बराबरीमा रोकिएको हो ।

घरेलु टोली विरूद्ध अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । खेलको आठौं मिनेटमा २–० को अग्रता बनाएको अर्जेन्टिनामाथि दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट कमब्याक गरेको थियो ।

cura insider

क्रिस्टियन रोमेरोकाे गाेलमा अर्जेन्टिनाले अग्रता लिएकाे थियाे । उनले हेड मार्फत उत्कृष्ट गोल गरेको पाँच मिनेटपछि लेयान्द्रो पाराडेसले गोल गरे । पहिलाे हाफ २–० ले अर्जेन्टिना अघि थियाे ।

खेलको ५१ औं मिनेटमा कोलम्बियाले पेनाल्टी पाएको थियो । पेनाल्टी मार्फत गोल गर्दै लुइस फर्नान्डो मुरियल फुर्टोले गर्दै २–१ को अवस्थामा पुर्याए । निर्धारित समयसम्म अर्जेन्टिना २–१ ले अघि थियो । तर खेलको इ्न्जुरी समयको अन्तिम मिनेटमा मिगुएल बोर्जाले गोल गर्दै उत्कृष्ट बराबरी गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: