birat ribon

बजारमा पाउन छाडियो सिटामोल

Neuro
बजारमा पाउन छाडियो सिटामोल

विराटनगर / ज्वरोका लागि उपयोगी मानिने पारासिटामोल बजारमा पाउन छाडिएको छ ।

जुनसुकै कारण ज्वरो आएमा पनि यसलाई उपयोगी औषधि मानिन्छ । अझ कोरोना सङ्क्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउँछन् ।

cura insider

पारासिटामोल फार्मेसीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने सङ्क्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको औषधि व्यवसायी बताउँछन् ।

नेपाल औषधि उत्पादक सङ्घ, औषधि आयातकर्ता सङ्घ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्याङ्कअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

नेपाल औषधि थोक व्यवसायी सङ्घका अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थको अभाव खड्किँदा प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढ्दा पनि समस्या भएको औषधि उत्पादक बताउँछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: