birat ribon

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

Neuro
जङ्गली च्याउ खाँदा दुईको मृत्यु

झापा / इलामको सन्दकपुर गाउँपालिका–१ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् ।

दुवैले गत शनिबार इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राईका घरमा जङ्गली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

cura insider

वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: