birat ribon

अत्याधिक बाफ लिनाले पनि ब्ल्याक फङ्गसको जोखिम

Neuro
अत्याधिक बाफ लिनाले पनि ब्ल्याक फङ्गसको जोखिम

विराटनगर / अत्याधिक स्टिम थेरापी (बाफ लिने) पनि म्युकरमाइकोसिस लगायतका फङ्गल सङ्क्रमणसँग जोडिएको हुने देखाएको छ । तथ्याङ्कअनुसार भारतमा बिगतका म्युकरमाइकोसिसका १० देखि २० प्रतिशत केसहरू पोल्ने वा जल्ने प्रक्रियासँग सम्बन्धित थिए ।

छाला वा म्युकस मेम्ब्रेनमा समस्या भए फङ्गल सङ्क्रमण देखिन सक्छ । भारतीय मेडिकल एसोसिएशन (आईएमए) का पूर्व अध्यक्ष डा. राजीव जयदेवनका अनुसार अत्यधिक मात्रामा बाफ लिनु पनि ब्ल्याक फङ्गसको अर्को कारक हुन सक्छ ।

cura insider

हामीलाई ब्याक्टेरिया र भाइरसको सङ्क्रमणबाट बचाउनका लागि म्युकस लेयर हुन्छ । तर अत्याधिक तापक्रममा अधिक बाफ लिनाले नाकको म्यूकस लेयरलाई बिगार्न सक्ने वा म्यूकोसाको छेउछाउ जलाउन सक्छ । यसले फङ्गसलाई हाम्रो प्राकृतिक प्रतिरक्षा उल्लङ्घन गर्न सजिलो बनाउँछ । अत्याधिक बाफ लिँदा फङ्गसबाट सङ्क्रमण हुन सक्ने शङ्का गरिएपनि यो कुरा प्रमाणित भने भइसकेको छैन ।

रुघा, खोकी, कफ जमेको बेला तथा कोभिडका अधिकांश बिरामीले बाफ लिने गररिरहेका छन् । तर यसले कोभिडको उपचारमा सहयोग पु¥याउन सक्ने कुनै पनि प्रमाण नभएको बताइएको छ ।

हालको समयमा कोभिडको उपचार गराइरहेका, कोभिडबाट निको भएका, मधुमेह नियन्त्रण नभएका, स्टेरोइड र अन्य एन्टीबायोटिकको अत्याधिक प्रयोग गरेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, आइसियूमा लामो समयसम्म भर्ना भएका तथा लामो समयसम्म अक्सिजन लिने तथा भेन्टिलेटरमा रहेका कोभिडका बिरामीमा ब्ल्याक फङ्गसको सङ्क्रमण देखापरिरहेको छ ।-इन्डिया टुडेबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: