birat ribon

कुलुसेभ्स्कीले युरो कपको सुरुआती खेल गुमाउने

Neuro
कुलुसेभ्स्कीले युरो कपको सुरुआती खेल गुमाउने

विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण स्विडेनका मिडफिल्डर डेजन कुलुसेभ्स्कीले युरो कप २०२० को सुरुआती खेल गुमाउने भएका छन् ।

स्विडेनले पछिल्लो चरणको कोरोना परीक्षणमा कुलुसेभ्स्कीको रिपोर्ट पोजेटिभ देखिएको जनाउँदै उनले युरोपियन च्याम्पियनको सुरुआती खेल गुमाउने जनाएको छ ।

cura insider

यससँगै कुलुसेभ्स्कीले १४ जुनमा हुने स्पेनसँगको खेल गुमाउने भएका छन् । कोरोनाका कारण स्टेडियो डी ला कार्टुजामा हुने उक्त खेल गुमाउने कुलुसेभ्स्की दोस्रो खेलाडी हुन् ।

यसअघि स्पेनका कप्तान सर्जियो बुस्क्वेट्सले पनि कोभिड–१९ कै कारण सो खेल गुमाउने पक्का भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: