birat ribon

कोभिडका कारण नङमा पनि असर देखिँदै

Neuro
कोभिडका कारण नङमा पनि असर देखिँदै

विराटनगर / महामारी सुरु भएदेखि कोरोना भाइरसको सङ्क्रमण हुँदा धेरै असामान्य लक्षणहरू देखिएका छन् । जसमध्ये केहीमा सङ्क्रमणबाट निको भएपछि लामो समयसम्म समस्या रहन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमण भएमा वा निको भएपछि नङमा असर परेको लक्षणहरू ‘कोभिड नेल्स’ देखापरेको विशेषज्ञहरूले प्रमाण देखाएका छन् । पहिलो पटक ब्रिटिश एपिडेमिलोजिस्ट टिम स्पेक्टरले कोभिड नेल्सको बारेमा पत्ता लगाएका हुन् ।

cura insider

सङ्क्रमणबाट निको भइरहेका मानिसमा नङमा स्पष्ट रेखा देखिन थालेपछि यसलाई सम्भावित साइड इफेक्टको रूपमा हेरिएको छ । स्पेक्टरले बताएपछि कोभिडबाट निको भएका हप्तौँ वा महिनौँपछि आफ्ना नङमा सोही प्रकारको रेखा वा सेतो खस्रो चिह्न देखिएको प्रतिक्रिया दिएका थिए ।

नङमा हुने समस्या पहिलो पटक मानिसहरूले कोभिडको असरको रूपमा पत्ता लगाइरहेका छन् । तर, यसलाई मेडिकल भाषामट ‘बिउज लाइन’ भनेर चिनिन्छ । कोभिड र नङमा देखिएको रेखा कसरी सम्बन्धित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । विज्ञहरूका अनुसार अत्याधिक चिन्ता तथा तनावले शरीरको सम्पूर्ण स्वास्थ्यमा असर गर्नुका साथै नङमा पनि प्रभाव पार्न सक्छ । अनुसन्धानका अनुसार भाइरसबाट निको भएको हप्तौँ वा महिनौँपछि पनि कोभिड नेल्सको समस्या आउन सक्छ ।

कोभिड भएका सबै मानिसमा कोभिड नेल्स हुन्छ भन्ने पनि हुँदैन । साथै, केहीमा सामान्य मात्र सङ्केत देखिने हुँदा समस्या हुँदाहुँदै पनि थाहा नपाउन पनि सकिन्छ । नङमा स्पष्ट रेखा देखिने धेरै कारणले हुन सक्छ । गम्भीर रोग लागेमा, कोभिडलगायतका अन्य भाइरल इन्फेक्सन, अनियन्त्रित मधुमेह, दीर्घकालीन रोग लागेमा नङमा रेखा देख्न सकिन्छ । लामो समयसम्म केही औषधिहरूको सेवनले पनि नङमा असर देखिन सक्छ । –टाइम्स अफ इन्डियाबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: