birat ribon

ओलीको एकता प्रस्ताव कुटील र जालझेलयुक्त : वामदेव गौतम

Neuro
ओलीको एकता प्रस्ताव कुटील र जालझेलयुक्त : वामदेव गौतम

काठमाडौँ / एमाले उपाध्यक्ष वामदेव गौतम समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकताको प्रस्ताव कुटील र झालझेलयुक्त भएको बताएका छन् । मङ्गलबार विज्ञप्ति जारी गर्दै गौतमले यस्तो बताएका हुन् ।

ओलीले एकताको आह्वान गर्दै आइतबार ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गौतम संयोजक रहेको एकता अभियान समितिका सदस्यको बैठक सोमबार बसेको थियो । उक्त बैठकपछि विज्ञप्ति जारी गर्दै गौतमले २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

cura insider

‘छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरूमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओलीसमक्ष हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगायत कुटील चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर, सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: