birat ribon

धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरकलाई स्वास्थ्य सामग्री सहयोग

Neuro
धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरकलाई स्वास्थ्य सामग्री सहयोग

धरान / धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र)को पहलमा हाल युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका पति गङ्गा लिम्बूले २७ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

युकेबाट नेपाल आइपुगेको उक्त स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिसरमा प्रदान गरिएको छ । यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व बिहार बूढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको हो ।

cura insider

अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेससिल्ड, केएन नाइन्टी फाइभ सिल्ड, पिप्याप सेट, सिप्याप सेटसहितका स्वास्थ्य सामग्रीहरू रहेका छन् ।

वडाध्यक्ष राईका अनुसार धरान उपमहानगरपालिका, धरान १८ को वडा कार्यालय, बराहक्षेत्र नगरपालिकाको चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्वास्थ्य सामग्री पठाइएको छ । वडाध्यक्ष राईले मङ्गलबार धरान उपमहानगर परिषरमा नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यस्तै, धरान उपमहानगरका प्रमुख राईले बराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतराको लागि प्राप्त भएका स्वास्थ्य सामग्री सञ्चारकर्मी हिमाल राईलाई प्रदान गरेका छन् । यस्तै, ताप्लेजुङ पाथीभरा याङ्वरकको नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत् स्वास्थ्य सामग्री प्रदान गरिएको छ । धरान १८ र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

उक्त स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राई, प्रशासकीय अधिकृत विदूरप्रसाद खनाललगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: