birat ribon

प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार नजिक

Neuro
प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार नजिक

विराटनगर / प्रदेश १ मा मङ्गलबार सात सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा दुई सय ६८, झापामा दुई सय ५५, सुनसरीमा एक सय ९२, उदयपुरमा १४, धनकुटामा १२, सङ्खुवासभामा पाँच, इलाम र तेह्रथुममा चार–चार, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथरमा एक र प्रदेश १ बाहिरका २७ जनामा सङ्क्रमण देखिएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ हजार तीन सय १३ पुगेको छ । सङ्क्रमित भएकामध्ये ४२ हजार आठ सय ४१ सङ्क्रमणमुक्त भएका छन् । आज चार सय ६७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार आठ सय ४० पुगेको छ ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: