birat ribon

सोलुखुम्बुमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ पुग्यो

Neuro
सोलुखुम्बुमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ पुग्यो

सोलुखुम्बु / सोलुखुम्बुमा मङ्गलबार दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । खूम्बु पासाङल्हामु गाउँपालिका–५ की ८५ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् ।

मृतकको गत २२ गते गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनको होम आइसोलेसनमा मृत्यु भएको हो । शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

cura insider

त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका २ की ९७ वर्षीय एक महिलाको मृत्यु भएको फाप्लु अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए । फाप्लु अस्पतालमा उपचाररत उनलाई जेठ १९ मा अस्पताल भर्ना गरिएको थियो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रणका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: