birat ribon

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Neuro
एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडाैँ/ नेकपा (एमाले) ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

cura insider

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीबाट पाएको हाइड्रोजन अक्सिजन नेबुलाइजर  ३० थान र एन ९५ मास्क एक लाख थान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासचिव पोखरेलले कोरोना भाइरसलाई लिएर कुनै राजनीति गर्ने विषय नभएको र यसलाई साझा समस्या ठानेर समाधान गर्न सबै एकताबद्ध हुनुपर्ने बताए ।

सोही उद्देश्यलाई ध्यानमा राखेर राज्यको आधिकारिक निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ ।

मन्त्रालयमार्फत् आवश्यक ठाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराइने उनले विश्वास गरे ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्यमन्त्री तामाङले प्राप्त स्वास्थ्य सामग्री सरकारले प्राप्त सामग्रीको रुपमा दर्ता गर्दै सरकारको मापदण्डभित्र रहेर आवश्यक ठाउँमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

मन्त्री तामाङले कोरोना विरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकार प्रयासरत रहेको पनि बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: