birat ribon

विराटनगर महानगरपालिकामा भेरोसेल खोप लगाउन सुरु, लक्षित वर्गलाई खोप नपुग्ने

Neuro
विराटनगर महानगरपालिकामा भेरोसेल खोप लगाउन सुरु, लक्षित वर्गलाई खोप नपुग्ने

विराटनगर/ विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । 

महानगरले मङ्गलबार १९ वटा वडामा पहिलो दिन दुई सयदेखि चार सय डोजसम्म खोप उपलब्ध गराएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

cura insider

महाशाखा प्रमुख रमेश कार्कीले प्रदेश सरकारबाट सात हजार पाँच सय डोज उपलब्ध गराएको जनाएका छन् ।

स्वास्थ्यकर्मी, अक्सिजन प्लान्टमा कार्यरत श्रमिक र ६२ वर्ष उमेरमाथिका नागरिकलाई पहिलो चरणमा करिब तीन हजार पाँच सय खोप प्रदान गरिने र बाँकी खोप दोस्रो चरणका लागि राखिने उनले जानकारी दिए ।

अपुग खोपका लागि महाशाखाले प्रदेश सरकारसमक्ष माग गरिरहेको उनले जानकारी दिए । 

अर्कातर्फ खोप लगाउन महानगरका सबै वडामा नागरिकको भीड लागेको छ । वडा नम्बर १० का वडाध्यक्ष माधवराज वाग्लेका अनुसार मङ्गलबार बिहान खोप लगाउन ६२ वर्षमाथिका नागरिकको चाप रहेको जानकारी दिए ।

पहिलो दिन करिब एक सय ५० डोज खोप लगाएको बताएका वडाध्यक्ष वाग्लेले उपलब्ध खोप अपुग हुने जानकारी दिए ।

नागरिकता तथा परिचयपत्रका आधारमा खोप लगाइएको बताउँदै यसपटक खोप लगाउनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको उनको भनाइ छ । 

सोही क्रममा तिनटोलिया समाजका अध्यक्ष डिगेन्द्र राउतले असन्तुलित रुपमा खोप लगाइएको बताए ।

वडाभित्र भएका स्वास्थ्य निकायबाट एकैपटक धेरै सङ्ख्यामा स्वास्थ्यकर्मी आउँदा जेष्ठ नागरिकलाई खोप लगाउन सकस भएको उनले बताए ।

कोभिड सङ्क्रमणका क्रममा राहतदेखि सङ्क्रमित उपचारसम्म सहयोग पुर्‍याउँदै आएको समाजका अध्यक्ष राउतले निजी अस्पतालमा कार्यरत तथा फार्मेसीका कर्मचारी खोपका लागि आउँदा जेष्ठ नागरिकले खोप लगाउन नपाउने परिस्थिति सिर्जना भएको जानकारी दिए ।  

स्थानीय एवं उपभोक्ताकर्मी उत्तम ढुङ्गेलले खोप लगाउन आउनेमध्ये एकै संस्थाबाट धेरै मानिस आउन थालेपछि समस्या भएको बताए ।

वडा कार्यालयले पहिलो दिनमा खोप लगाउन उमेर समूहलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

विराटनगर–४ मा पनि यस्तै समस्या देखिएको छ । स्थानीय तहसँगै वडामा सीमित खोप उपलब्ध हुँदा जेष्ठ नागरिक खोपबाट वञ्चित हुने स्थिति आएको वडाका कर्मचारी बताउँछन् । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: