birat ribon

हार्ट अट्याकको जोखिम कम गर्न माछा, ओखर, भटामस र बदाम फाइदाजनक

Neuro
हार्ट अट्याकको जोखिम कम गर्न माछा, ओखर, भटामस र बदाम फाइदाजनक

विराटनगर / अमेरिकी वैज्ञानिकहरूले ओमेगा ३ इकोसा–पेन्टानोइक एसिड र अल्फा–लिनोलिक एसिड भएको खानाले हृदयलाई बचाउन मद्दत गर्नसक्ने बताएका छन् ।

जसकारण मुटु रोगको जोखिम र हार्ट अट्याकपछि मृत्युको जोखिम कम गर्न माछा, ओखर, भटामस र बदाम खान सल्लाह दिइएको छ । यस्ता खानाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित अनुसन्धानका अनुसार ओमेगा घ इकोसा–पेन्टानोइक एसिड र अल्फा–लिनोलिक एसिड भएका खानाको सेवनले हृदय रोगहरूको जोखिमलाई कम गर्ने हुन्छ ।

cura insider

हृदयघातका कारण गम्भीर अवस्थामा पुगेका नौ सय ४४ जनामा अनुसन्धान गरिएको थियो । अनुसन्धानकर्ता डा. अलेक्स साला–विलाका अनुसार अनुसन्धानका क्रममा ७८ प्रतिशत पुरुष अस्पतालमा भर्ना हुँदा उनीहरूको रगतको नमुना लिइएको थियो । जसबाट उनीहरूको ओमेगा ३ स्तर अवलोकन गरिएको थियो ।

हार्ट अट्याकको समयमा ओमेगा ३ को उच्च स्तर भएका बिरामीको अवस्था बिग्रने जोखिम कम देखिएको वैज्ञानिकले पत्ता लगाएका छन् । साथै, ओमेगा ३ इकोसा–पेन्टानोइक एसिड र अल्फा–लिनोलिक एसिडको उच्च स्तर भएका बिरामीको अस्पतालमा भर्ना हुने सम्भावना पनि कम हुने पाइयो । (भास्कर डट कम)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: