birat ribon

ताप्लेजुङका सबै वडामा मोटर पुगे

Neuro
ताप्लेजुङका सबै वडामा मोटर पुगे

ताप्लेजुङ / ताप्लेजुङ जिल्लाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् ।

गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडा सडक सञ्जालले जोडिएको जनाइएको छ ।

cura insider

साठी वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा–६ का वडाअध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेको छ ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ ।

यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिटर मात्र बाँकी रहेको छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

मिक्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।

जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातका लागि टिकट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकामदेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठूलो सिटको बस भने जान सकिरहेका छैनन् ।

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालन भएको छ ।

सिरिजङ्घाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड, दमक, विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: