birat ribon

चाइनिज ताइपेईमाथि अस्ट्रेलियाको शानदार जित

Neuro
चाइनिज ताइपेईमाथि अस्ट्रेलियाको शानदार जित

विराटनगर / सन् २०२२ मा हुने विश्वकप छनोट खेलमा अस्ट्रेलियाले चाइनिज ताइपेईमाथि शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा अस्ट्रेलियाले ताइपेईलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको मैदानमा घरेलु टिमलाई जिताउन मिचेल डुकले दुई गोल गर्दा ह्यारी सौट्टर, जेमी माक्लारेन र ट्रेन्ट सेन्सबुरीले एक–एक गोल गरे । ताइपेईका वेइ–जेइ जाओले एक गोल फर्काए ।

cura insider

अस्ट्रेलियाले पहिलो हाफमा तीन गोल गरेको थियो । दोस्रो हाफमा अस्ट्रेलियाले दुई गोल थप्दा ताइपेईले एक गोल फर्कायो ।

जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले १८ अङ्क जोडेको छ । उसले आफ्नो विजयी यात्रा कायमै राखेको छ । अब अस्ट्रेलियाले शुक्रबार नेपालसँग खेल्नेछ । नेपाल ६ अङ्कका साथ चौथो स्थानमा छ । अङ्कविहीन ताइपेई भने पुछारमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: