birat ribon

काेराेनाका कारण दुई सातामा १३ प्रवासी नेपालीले ज्यान गुमाए

Neuro
काेराेनाका कारण दुई सातामा १३ प्रवासी नेपालीले ज्यान गुमाए

 लन्डन/ विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार साउदी अरबमा सात जना,  भारतमा पाँच, कतारमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

cura insider

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका चार सय ३५ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।  

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख १० हजार  एक सय ९६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।  तीमध्ये एक लाख ६ हजार आठ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।

हालसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

सङ्घका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स, साउदी अरब, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।  

गैरआवासीय नेपाली सङ्घले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: