birat ribon

स्वस्तिमाको हातमा ‘१५ करोड’को केक

Neuro
स्वस्तिमाको हातमा ‘१५ करोड’को केक

विराटनगर / नेपाली फिल्म ‘२ रुपैयाँ’ मा समावेश गरिएको ’कुटुमा कुटु’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाएको छ । सन् २०१७ मा युटुब च्यानल ‘हाइलाइट्स नेपाल’ मा रिलिज गरिएको यो गीतलाई १५ करोड पटक हेरिएको छ ।

१५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत हो । निश्चल बस्नेत र आसिफ शाहको मुख्य भूमिका रहेको फिल्म ‘२ रुपैयाँ’ को यो गीतमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी थिइन् ।

cura insider

यही गीतबाट नायिका खड्का चर्चामा आएकी हुन् । चार वर्षपछि गीतले नेपाली साङ्गीतिक बजारमा रेकर्ड बनाएको खुशीमा नायिका खड्काले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘पन्ध्र करोड भ्युज’ लेखिएको केक बोकेको तस्बिर सार्वजनिक गरेकी छन् ।

‘कुटुमा कुटु’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ भने राजनराज, राजन इशान र मेलिना राइले आवाज दिएका छन् । गीतको भिडियोको सम्पूर्ण छायाङ्गन प्रदेश १ को मोरङमा अवस्थित गोकुलम रिसोर्टमा गरिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: