birat ribon

अन्तर्राष्ट्रिय कलाकार अरनिकोको नाममा साहित्यिक पुरस्कार

Neuro
अन्तर्राष्ट्रिय कलाकार अरनिकोको नाममा साहित्यिक पुरस्कार

काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाली भाषामा प्रकाशित गैरआवासीय नेपाली लेखकका पुस्तकमध्ये उत्कृष्ट छनोट तथा पुरस्कृत गर्ने भएको छ । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिमातहत प्रत्येक वर्ष दिइने सो पुरस्कारको नाम ‘अरनिको पुरस्कार’ राखिएको छ ।

नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । वर्ष २०७७ भरि प्रकाशित गैरआवासीय नेपाली लेखकका नेपाली पुस्तक पुरस्कृत गर्न २०७८ साउन १६ गतेभित्र सङ्कलन गरिसक्ने समितिले जनाएको छ । त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र सङ्घको अन्तर्राष्ट्रिय सचिवालय काठमाडौँमध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ ।

cura insider

दुई लाख रुपैयाँको राशि भएको सो पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने अक्षय कोष प्रबन्ध समिति संयोजक हिक्मत थापाले बताए । कोष सञ्चालन गर्न एनआएनएका पूर्वकोषाध्यक्ष, भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाको संयोजकत्वमा समिति गरिएको छ । समितिमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददी सापकोटा सदस्य तथा महेश्वर पन्त सचिव रहेका छन् । कोषको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जिवा लामिछाने राखिएका छन् ।

अर्थ संयोजक ईश्वरी भट्ट समितिले पुरस्कार सञ्चालनका लागि ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ, जसमा हालसम्म २१ लाख रुपैयाँको प्रतिबद्धता जुटिसकेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: