birat ribon

कार्टुनिस्ट रवि मिश्रले लुडाेमा विजयी प्रतियाेगीकाे डिजिटल कार्टुन बनाउने

डिजिटल कार्टुनदेखि निःशुल्क फोटोसुटको मौकासम्म

Neuro
कार्टुनिस्ट रवि मिश्रले लुडाेमा विजयी प्रतियाेगीकाे डिजिटल कार्टुन बनाउनेडिजिटल कार्टुनदेखि निःशुल्क फोटोसुटको मौकासम्म

विराटनगर / ब्रदर–हुड नेपालले आयोजना गरेको देशव्यापी अनलाइन लुडो प्रतियोगितामा इलामका पूरण अधिकारी प्रथम भएका छन् । जेठ १२ देखि २३ गतेसम्म सञ्चालित खेलमा देशभरबाट एक सय २८ जना खेलाडी सहभागी थिए ।

प्रतिस्पर्धामा पाँचथरका घनु मिश्र, चितवनका पवन न्यौपाने र विराटनगर आशिष विष्ट क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भए । प्रथम स्थानप्राप्त गर्नेलाई तीन हजार नगद पुरस्कार आयोजकले प्रदान गर्नेछन् भने कार्टुनिस्ट रवि मिश्रले डिजिटल कार्टुन बनाइदिने छन् ।

cura insider

विजयीलाई अन्य पुरस्कारका रूपमा निःशुल्क चिना टिप्पणी हेर्ने सुविधादेखि देशव्यापी भ्रमणको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ । त्योसँगै २५ प्रायोजकले विभिन्न खाले पुरस्कार घोषणा गरेका छन्, जसमा १५ हजार रुपैयाँ बराबरको वेबसाइट बनाइदिनेदेखि रिचार्ज र स्वादिष्ट खानाको मौकासमेत प्रदान प्राप्त हुनेछ । ब्रदर–हुडका संयोजक गणेश कार्कीका अनुसार पुरस्कार नगद र जिन्सी गरी अनुमानित एक लाख पचास हजार रुपैयाँ बराबर हुनेछ ।

प्रतियोगितामा द्वितीय हुनेलाई १० हजार रुपैयाँ बराबरका विभिन्न पुरस्कार व्यवस्था हुनेछ भने तृतीय र सान्त्वनालाई पनि विभिन्न आकर्षक पुरस्कार रहेको आयोजक ब्रदर–हुड सदस्य सुदीप पौडेलले जानकारी दिए ।

अनलाइनबाट प्राप्त हुनेबाहेक अन्य पुरस्कार भने लकडाउन खुलेपछि विजयी आफैँले सङ्कलन गर्नुपर्ने आयोजकले जनाइएको छ । कार्यक्रमको रोचक पक्ष त के छ भने विजेतालाई पुरस्कारका रूपमा धरान–धनकुटा टुरदेखि निःशुल्क फोटोसुटको मौकासमेत प्राप्त हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: