birat ribon

पोर्चुगललाई हराउँदै जर्मनीले जित्यो उपाधि

Neuro
पोर्चुगललाई हराउँदै जर्मनीले जित्यो उपाधि

विराटनगर / युइएफए युरो यु–२१ फुटबल प्रतियोगिताको उपाधि जर्मनीले जितेको छ । आइतबार भएको फाइनल खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै जर्मनी उपाधि जितेको हो ।

स्लोभेनियामा भएको खेलमा जर्मनीलाई उपाधि दिलाउन लुकास नमेचाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ मिनेटमा नमेचाले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो ।

cura insider

यससँगै जर्मनीले तेस्रो पटक युरो यु–२१ को उपाधि जितेको छ । यसअघि उसले १९८६ र २०१९ मा उपाधि जितेको थियो । पोर्चुगलले भने पहिलो पटक उपाधि जित्ने अवसर खेर फालेको छ । तीन पटक फाइनल पुगेको पोर्चुगलले उपाधि जित्न सकेको छैन ।

यसअघि पहिलो सेमिफाइनलमा साविकको विजेतासमेत रहेको स्पेनलाई १–० गोलले हराउँदै पोर्चुगलले फाइनलमा स्थान बनाएको हो । यता, दोस्रो सेमिफाइनलमा जर्मनीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: