birat ribon

मारेर फालिएका सरीसृप पनि काम लागे

Neuro
मारेर फालिएका सरीसृप पनि काम लागे

भोलिपल्ट भिसमिसेमै निकास गाउँबाट उकालो लाग्यौँ । रौता भञ्ज्याङ पुगेपछि बाटो तेर्सियो ।

बिहानीको मनोरम वातावरण हेर्दै अघि बढ्यौँ । सिद्धडाँडो फेदीको गाउँ पुगेर चिया–खाजा खान बस्यौँ । अघिल्लो दिन जाँदा हर्पेटोफाउनाका केही नमुना भेटिए राखिदिनु भनेका थियौँ ।

cura insider

एउटा भाइले मरेको सर्प फालेको देखेका बताए । मैले कहाँ होला भनेर सँगै लगेर हेर्दा लेकाली राते–पानी सर्प (एम्फिस्मा प्लाटिसेप) रहेछ । कुहुन लागेकोले फोटो खिची फिल्ड नोट बनाएर फर्केँ ।

कैलाशसर ढिलो भयो भनी छटपटिँदै हुनुहुन्थ्यो । त्यसपछि हामी सीधै मुर्कुचीतिर झ¥यौँ । भाग्यवश ढुङ्गेखानी पुग्दा गाईघाट जाने एउटा ट्रिपर भेटियो र त्यसैबाट जलजलेतिर फक्र्यौँ । ढल्के पुगेपछि कैलाशसर गाईघाट क्याम्पसतिर लाग्नुभो हामी दुई भने फुपूको तिर बस्यौँ ।

सङ्कलित नमुनाहरूको सहायताले त्यस ठाउँको हर्पेटोफाउनाको पनि जैविक विविधताको संरचना थाहा पाउन सकियो । स्थानीयले मारेर फालेका सरीसृपहरू पनि अध्ययनका लागि उपयोगी भए ।

बाँकी समय त्यो क्षेत्रमा भेटिएका केही हर्पेटोफाउनाका नमुनाहरूलाई अध्ययन गर्ने विचार गरेँ । किनभने अनुसन्धान ताका मैले मेरी भतिजी शारदालाई त्यस ठाउँको सम्पर्क व्यक्ति बनाएको थिएँ । तिनीले केही मारेर फालिएका सर्पहरू (बुदुना साँप र घोट–करेट), छेपाराहरू (बगैँचे तथा भालेमुङ्ग्रो), कछुवाहरू (लिसेमिज र इन्डोटेस्टुडो) आदि सङ्कलन गरेकी रहिछन् ।

गाईघाट क्षेत्रमा सङ्कलित इन्डोटेस्टुडो प्रजातिको कछुवा

यिनै नमुनाहरूको सहायताले त्यस ठाउँको हर्पेटोफाउनाको पनि जैविक विविधताको संरचना थाहा पाउन सकियो । स्थानीयले मारेर फालेका सरीसृपहरू पनि अध्ययनका लागि उपयोगी भए ।

सङ्कलित हर्पेटोफाउनाका नमुनाहरूको फिल्ड–नोट बनाउँदा तथा फोटोहरू खिच्दाखिच्दै साँझ पनि पर्‍यो । मेरो पिएचडीका लागि त्यति धेरै सङ्कलन गरिदिएकोमा भतिजीलाई धेरै–धेरै धन्यवाद दिएँ ।

त्यो दिन रातभरी भान्दाइ तथा फुपूसँग कुराकानी गरी भोलिपल्ट पूर्वतिर लाग्यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: