birat ribon

बार्सिलोनाका रोबर्टो ग्रिसमा पक्राउ

Neuro
बार्सिलोनाका रोबर्टो ग्रिसमा पक्राउ

विराटनगर / स्पेनिस फुटबल क्लबका डिफेन्डर सर्जी रोबर्टो पक्राउ परेका छन् । कोरोना महामारीका बीच आयोजित पार्टीमा सहभागी भएको आरोपमा ग्रिस प्रहरीले स्पेनिस स्टार रोबर्टोलाई पक्राउ गरेको हो ।

ग्रिसको माइकोनोसमा सयौँको सङ्ख्यामा रहेका मानिसबीच पार्टीको आयोजना भएको थियो । जसमा स्वास्थ्य मापदण्डको पालना कसैले पनि गरेको पाइएको थिएन ।

cura insider

मास्क पनि नलगाइ, सामाजिक दुरीको पालना नगरी नाचगान हुँदै गरेको अवस्थामा प्रहरीले रोबर्टोसहित अरूलाई पक्राउ गरेको बताइएको छ । ग्रिसले कोरोनाका कारण भीडभाड हुनेगरी सभा–समारोह नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: