birat ribon

पानामाको रेकर्ड : अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ठूलो जित

Neuro
पानामाको रेकर्ड : अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ठूलो जित

विराटनगर / सन् २०२२ मा हुने विश्वकपको छनोट खेलमा पानामाले एन्गुइलियामाथि जित दर्ता गरेको छ । शनिबार राति पानामाले आफ्नै मैदानमा १३–० गोलान्तरको जित दर्ता गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा यो सर्वाधिक ठूलो जित निकालेको हो । पानामालाई जिताउन ग्राबियल टोरेसले चार गोल गरेका थिए भने केसिलियो वाटरम्यानले दुई गोल गरे ।

cura insider

यस्तै अमान्डो कुपर, जोर्मान अगुइलर, मिगुएल कामार्गो, जेर कटुयी र अल्बर्टो क्विन्टेरोले समान एक–एक गोल गरे । यस्तै पानामाले एउटा आत्मघाती गोल उपहारस्वरुप पाएको थियो ।

जितसँगै उत्तर अमेरिकी कनकाफ छनोटअन्तर्गत पानामाले लगातार तेस्रो जित निकालेको छ । ऊ नौ अङ्कसहित शीर्ष स्थानमा छ । चार खेल खेलेको एन्गुइलिया भने अङ्कविहीन छ । ऊ पुछारमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: