birat ribon

सार्वजनिक प्रश्न

Neuro
सार्वजनिक प्रश्न

सुविद गुरागाई

अहिले मान्छेहरू राजेन्द्र महतोको नागरिकताका बारेमा प्रश्न गरिरहेका छन् । जबाफ तपाई दिइरहनुभएको छ ।

cura insider

यस्तो लाग्छ कि राज्यद्वारा गठित नागरिकता छानबिन समितिको संयोजक वा राजेन्द्र महतोको प्रवक्ता तपाई हो ।

मान्छेहरू खड्गप्रसाद ओलीका बारेमा सार्वजनिक प्रश्न गर्छन् । तत्काल जबाफ तपाई फर्काउनुहुन्छ ।

एवम् रितले मान्छेहरू पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, उपेन्द्र यादव, महन्थ ठाकुर, ज्ञानेन्द्र शाह आदिका बारेमा प्रश्न गर्छन् । जबाफ तपाई दिनुहुन्छ ।

तर तपाई बिर्सिनुहुन्छ – कुनै पनि सार्वजनिक व्यक्ति वा कसैका बारेमा प्रश्न गर्ने अधिकार जनताको छ । प्रश्नप्रति जबाफदेही हुनुपर्ने दायित्व उसैको हो, जसका बारेमा प्रश्न गरिएको छ । ।

तर जसको बारेमा सार्वजनिक प्रश्न गरिएको हुन्छ उसको कानमा जुम्रासम्म चलमलाएको हुँदैन ।

यस्तो पृष्ठभूमिमा मेरो प्रश्न छ – जब कसैले कसैका बारेमा आफ्नो धारणा राख्छ … तपाईको कन्सिरी किन चिलचिलाउँछ ? कि जबाफ दिने ठेक्का तपाईले लिनुभएको छ ?

jackson ribon

प्रतिक्रिया दिनुहोस्: