birat ribon

ओ निरो !

Neuro
ओ निरो !
  • सत्यजित शर्मा

ओ निरो !
बजाऊ बजाऊ
निर्धक्कसँग बजाऊ बाँसुरी ।

घाटमा धुवाँ थपिन पुगेकै छैन
एकोहोरो शङ्ख बज्न पुगेकै छैन
आफन्त मान्छे रुन पुगेकै छैन
बजाऊ–बजाऊ बाँसुरी
अझै जोडले बजाऊ
तिम्रो बाँसुरी सुनेर
यमराज पनि थर्थराओस्
अपेक्षित शान्ति र समृद्धिका लागि
बजाऊ बजाऊ
भाका फेरि–फेरि बजाऊ
यो बाँसुरी बजाउने नै बेला हो ।

cura insider

बाँसुरीबाट उखान बजाऊ
सपनाका टुक्काहरू बजाऊ
हामी त्यसैलाई राहत मानौँला
बाँसुरीबाट मग्मगाउँदो
षड्यन्त्र सुँघेर लठ्ठ परौँला
सत्ता उन्मादको मृदङ्ग बजाऊ
त्यही तालमा हामी नाचौँला
बजाऊ बजाऊ
मीठो सुर निकालेर बजाऊ
यहाँ मृत्यु सङ्ख्या र तिम्रो आनन्दको अनुपात
बराबर हुन बाँकी नै छ ।

ओ निरो !
अब मसानघाटतिर होइन
मान्छेका घरतिर फर्केर बाँसुरी बजाऊ !

jackson ribon

प्रतिक्रिया दिनुहोस्: