birat ribon

मङ्गल ग्रहमा नासाको पर्सिभिरेन्सको एक सय दिन

Neuro
मङ्गल ग्रहमा नासाको पर्सिभिरेन्सको एक सय दिन

विराटनगर / नासाको पर्सिभिरेन्स रोभर मङ्गल ग्रहमा अवतरण गरेको एक सय दिन पुगेको छ ।

हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।

पर्सिभिरेन्सले मङ्गल ग्रहमा जीवानको सङ्केत खोजी गर्नुका साथै त्यहाँको भूगोल र मौसमको अध्ययन गर्न थालेको एक सय दिन पुगेको हो । पृथ्वीबाट यात्रा गरेको लगभग सात महिनापछि नासाको पर्सिभिरेन्स रोभर (मोटर गाडीझैँ देखिने रोबट) १८ फ्रेबुअरीमा मङ्गल ग्रहमा उत्रिएको थियो ।

cura insider
त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो

पर्सिभिरेन्ससँगै सानो हेलिकप्टर इन्जुनिइटी र मोक्सी नामक यन्त्र पनि पठाइएको थियो । मङ्गल ग्रहमा हेलिकप्टरको नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्युटीले इतिहाससमेत बनाएको थियो । साथै, मोक्सीबाट नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन सफल भएको थियो ।

एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।

पर्सिभिरेन्स रोभर र इन्जुनिइटीले मङ्गल ग्रहमा खिचेको केही तस्बिर पठाएको छ ।

यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।
हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिर
एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।
मङ्गल ग्रहको चट्टान
मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो।
मङ्गल ग्रहको सतह
एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: