birat ribon

सन् २०२२ सम्ममा बेरोजगारको सङ्ख्या २० करोड पुग्ने

Neuro
सन् २०२२ सम्ममा बेरोजगारको सङ्ख्या २० करोड पुग्ने

विराटनगर / अन्तर्राष्ट्रिय श्रम सङ्गठनले कोभिड १९ महामारीको कारणले निम्तिएको विश्वभर रोजगारीमा आएको सङ्कटबाट मुक्त हुन लामो समय लाग्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार विश्वभरि महामारीका कारण करोडौँले रोजगार गुमाइसकेका छन् र, लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने योजना पूरा हुन सकेको छैन । यस वर्ष महामारीका कारण रोजगार गुम्ने मानिसको सङ्ख्या सात करोड ५० लाख पुगेको आईएलओले जनाएको छ ।

cura insider

आईएलओ निर्देशक गाय राइडले सन् २०२२ सम्ममा विश्वमा बेरोजगारको सङ्ख्या २० करोड ५० लाख पुग्न सक्ने अनुमान गरेका छन् । उनका अनुसार महामारी सुरू हुनुभन्दा अघिको समयसँग तुलना गर्दा सन् २०१९मा बेरोजगारको सङ्ख्या १८ करोड ७० लाख रहेको थियो । तर, सन् २०२२ सम्ममा उक्त सङ्ख्या बढेर २० करोड ५० लाख हुनेछ ।

खोपको पहुँच र कडा आर्थिक नीतिले उच्च आय भएका देशहरूलाई यस अवस्थाको सामना गर्न मद्दत पुर्‍याउने हुँदा सबै देशको स्थिति समान नहुने उनको भनाइ छ । ‘धनी देशहरूले यस्तो अवस्थासँग राम्रो सामना गर्नसक्ने छन्,’ उनले भने, ‘गरिब मुलुकमा पहिलादेखि रहेको असमानताका कारण महिला र युवाको रोजगारमा बढी असर पर्ने छ ।’

कम आय भएका देशहरूमा बेरोजगारी बढ्नसक्ने उनले बताए । महामारीको समयमा लाखौँ मानिसले रोजगार गुमाएका कारण परिवारमा गरिबी बढेको र उनीहरूको सामाजिक सुरक्षा पनि घटेको छ । उनका अनुसार गरिबी उन्मुलन गर्नका लागि अहिलेसम्म गरिएको कामलाई महामारीले पाचँ वर्षपछि पु¥याइएदिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: