birat ribon

कृतिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको हैन : तेल उत्पादक सङ्घ

Neuro
कृतिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको हैन : तेल उत्पादक सङ्घ

विराटनगर / वनस्पति घ्यू तेल उत्पादक सङ्घले कृतिम अभाव सिर्जना गरेर खाने तेलमा मूल्यवृद्धि गरिएको भनेर सार्वजनिक भएको विषय अस्वभाविक रहेको जनाएको छ ।

सङ्घले कृषिक अभाव सिर्जना गरेर तेलको मुल्यवृद्धि नगरिएको जनाएको छ । मूल्यवृद्धिका सन्दर्शभमा कृतिम अभावलाई जोडेर समाचार सार्वजनिक भएको भन्दै सङ्घले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।

cura insider

पछिल्लो समय खाने तेलमा मूल्यवृद्धि भएको छ । तर सङ्घले मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण भएको जनाएको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा धेरै वृद्धि गरिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो ।

अनुगमनपछि विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दियो । विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठन सङ्घले उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको जनाएको छ।

सङ्घले एक विज्ञप्ति सार्वजनिक गर्दै व्यवसायीले आफूखुशी मूल्यवृद्धि नगरिएको स्पष्ट पारेको हो । अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा त्यसको असर परेको जनाएको हो ।

‘सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ ।’

कच्चापदार्थ आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारमा समेत मूल्य निर्धारण हुने विज्ञप्तिमा जनाइएको छ । पछिल्लो १६ महिनायता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको सङ्घले जनाएको छ ।

सन् २०२० को मार्चमा प्रति मेट्रिक टन छ सय १४ डलर रहेको सोयाविन तेलको मूल्य एक वर्षको अवधिमा एक हजार दुई ७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन छ सय ५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार पाँच ८० भएको विज्ञप्तिमा जनाइएको छ ।

एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्नु स्वभाविक रहेको व्यावसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको सङ्घले जनाएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यमा भएको निर्वाचन, कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञा र पेट्रोलीयम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिका कारण हल्दिया बन्दरगाहबाट ढुवानी असहज र महँगो हुँदा समस्या भएको जनाइएको छ ।

सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मूल्यसमेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ । निषेधाज्ञाका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा करिब ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गर्नु परेको दाबी विज्ञप्तिमा गरिएको छ ।

खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएको अवस्थामा एक वर्षमा दोब्बर वृद्धि भए पनि चलनचल्तीको अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालको मूल्य परिमार्जन हुन नसकेको सङ्घले जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार खाने तेलमा कुनै पनि प्रकारको कृतिक अभाव सिर्जना गरेर मूल्यवृद्धि नगरिएको र अन्तर्राष्ट्रिय बजारमा दैनिक भइरहेको मूल्यवृद्धिको प्रभाव परेको हो ।

सङ्घले हालको विषम परिस्थितिमा न्यून जनशक्तिबाट पनि उद्योग नियमित सञ्चालन गरेर आपूर्ति व्यवस्थालाई सहज बनाइएको जनाएको जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: