birat ribon

युरो कप खेल्ने इङ्ग्ल्यान्डको अन्तिम टोली घोषणा

Neuro
युरो कप खेल्ने इङ्ग्ल्यान्डको अन्तिम टोली घोषणा

विराटनगर / इङ्ग्ल्यान्डले युरो कप फुटबल २०२० खेल्ने अन्तिम टोलीको घोषणा गरेको छ । मङ्गलबार राति मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले युरो कप खेल्ने २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यसअघि उनले ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । केही दिनको प्रशिक्षणपछि उनले २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

cura insider

मासोन ग्रिनवुड भने चोटका कारण इङ्ग्ल्यान्डको टोलीबाट बाहिरिएका छन् । चोटका कारण म्यानचेस्टर युनाइटेडका फरवार्ड ग्रिनवुड युरो कप खेल्ने इङ्ग्ल्यान्डको प्रारम्भिक टोलीबाट बाहिरिएका हुन् ।

ह्यारी केनको कप्तानीमा बनाएको टोलीमा मार्कुस रास्फोर्ड, रहिम स्टर्लिङ, जाडोन सान्चो, फिल फोडेन, बुकायो साका, ह्यारी मागुइरे, मासोन माउन्टलगायत खेलाडी टोलीमा समावेश छन् ।

युरो कपमा इङ्ग्ल्यान्ड समूह ‘बी’ मा छ । यस समूहमा इग्ल्यान्डसँगै डेनमार्क फिनल्याङड, बेल्जियम र रुस छन् । इङ्गल्यान्डले आज राति अस्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: