birat ribon

एन्सेलोट्टी रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त

Neuro
एन्सेलोट्टी रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त

विराटनगर / कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको भूमिकामा फर्किएका छन् । एभर्टनका मुख्य प्रशिक्षक एन्सेलोट्टी ६ वर्षपछि जिनेदिन जिदानको स्थानमा रियलमा फर्किएका हुन् ।

यसै साता जिदानले रियलमा प्रशिक्षणको पद त्यागेका थिए । २०२०–२१ मा एउटा पनि उपाधि जित्न नसकेपछि निराश बनेका फ्रान्सेली प्रशिक्षक जिदानले क्लब छोडेका थिए । सन् २००९–१० को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएपछि निराश भएका जिदानले क्लब छोडेका हुन् ।

cura insider

उनको स्थानमा रियलले एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक बनाएको हो । एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियलमा रहने छन् । यसअघि एन्सेलोट्टीले २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षण सम्हालेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: