birat ribon

कोभिडका बिरामीमा फङ्गसको सङ्क्रमण हुनेसक्ने जोखिम कारक

Neuro
कोभिडका बिरामीमा फङ्गसको सङ्क्रमण हुनेसक्ने जोखिम कारक

विराटनगर / मधुमेहका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू कोभिड सङ्क्रमित भए उनिहरूमा रोग जटिल हुने सम्भावना धेरै हुन्छ । तर अहिलेको समयमा मधुमेहका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका कोभिड उपचार गराइरहेका वा निको भएका बिरामीमा ब्ल्याक फङ्गस वा म्युकरमाइकोसिसको गम्भीर सङ्क्रमण देखापरिरहेको छ । म्युकरमाइकोसिसको सङ्क्रमण कोरोना भाइरस जस्तो सङ्क्रामक हुँदैनन् ।

कोभिड र मधुमेहका बिरामीबाहेक, पहिलादेखि स्वास्थ्यमा समस्या अत्यधिक स्टेरोइडको प्रयोग तथा केमोथेरापीले प्रतिरोधात्मक क्षमतामा ह्रास आएकाहरूको प्रतिरक्षा प्रणालीले रोगजनकहरूसँग लड्न नसक्ने हुँदा फङ्गसको सङ्करमणको जोखिममा छन् । फङ्गसले सबैभन्दा पहिले साइनस, मस्तिष्क वा फोक्सोमा आक्रमण गर्ने हुन्छ ।

cura insider

रगतमा चिनीको मात्रा बढी हुँदा फङ्गस सजिलै शरीरमा पस्ने, बढ्ने र शरीरमा सजिलै फैलिएर असर गर्ने गर्छ । तर कोभिडका बिरामीमा मधुमेह रोग र स्टेरोइडको प्रयोगबाहेक फोहर वातावरण, अक्सिजनको प्रयोग, ह्युमिडिफायरमा दूषित पानीको प्रयोग, पटक(पटक एउटै मास्कको प्रयोग गरेमा, बिरामीलाई उपचार गर्ने वातावरण सफा नभएमा, एन्टिबायोटिकको अत्याधिक प्रयोगले फङ्गसको सङ्क्रमणको जोखिम हुनसक्छ ।

धेरै प्रकारका फङ्गसहरू घरभित्र वा वातावरणमा पाइन्छ । दिनदिनै सासमार्फत फङ्गसको स्पोर्स शरीरभित्र पसेपनि धेरै व्यक्तिहरू बिरामी हुने गर्दैनन् । तर, प्रतिरक्षा प्रणाली कमजोर हुनासाथ यसले शरीरमा समस्या उत्पन्न गराउन थाल्छ । सङ्क्रमण भएका व्यक्तिमा टाउको दुख्ने, सुन्निने, अनुहारको एक भाग सुन्निने, नाकवरिपरि कालो दाग देखिने, दृष्टि धमिलो हुने वा आँखा नदेख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने जस्ता समस्या देखिन सक्छ ।

फङ्गसको सङ्क्रमण भएका व्यक्तिमा एम्फोटेरिसिन बी नामक औषधिको प्रयोग गरिन्छ । डाक्टरहरूका अनुसार एम्फोटेरिसिन बी वा “एम्फो–बी’’ एक एन्टी–फङ्गल इन्ट्राभेनस इन्जेक्शन हो, जुन म्युकरमाइकोसिस पत्ता लागेका बिरामीहरूलाई चारदेखि ६ हप्तासम्म प्रत्येक दिन दिइन्छ । तर सङ्क्रमण शरीरभरि फैलिएमा औषधिले काम नगरेको खण्डमा शल्यक्रिया गरेर सङ्क्रमण फैलिएको टिश्युलाई निकाल्नुपर्ने हुन्छ ।

jackson ribon