birat ribon

एन्सेलोट्टी रियल मड्रिड फर्किने

Neuro
एन्सेलोट्टी रियल मड्रिड फर्किने

विराटनगर / कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको भूमिकामा फर्किने भएका छन् । एभर्टनका मुख्य प्रशिक्षक एन्सेलोट्टी ६ वर्षपछि जिनेदिन जिदानको स्थानमा रियलमा फर्किने भएका हुन् ।

यसै साता जिदानले रियलमा प्रशिक्षणको पद त्यागेका थिए । २०२०–२१ मा एउटा पनि उपाधि जित्न नसकेपछि निराश बनेका फ्रान्सेली प्रशिक्षक जिदानले क्लब छोडेका थिए । सन् २००९–१० को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएपछि निराश भएका जिदानले क्लब छोडेका हुन् ।

cura insider

यस सिजन यस रियलले ला लिगाको उपाधि रक्षा गर्न सकेन भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट नै बाहिरिएको थियो । जिदानले रियलमा प्रशिक्षकको पद त्यागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ मा उनले राजीनामा दिँदै क्लबबाट बिदा लिएका थिए । पछि पुनः २०१९ मा उनी रियल फर्किए ।

रियललाई तीन वटा च्याम्पियन्स लिग र दुई वटा ला लिगाको उपाधि दिलाएका जिदानले क्लब छोडेपछि उनको स्थानमा एन्सेलोट्टी आउने भएका हुन् । यसअघि एन्सेलोट्टीले २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षण सम्हालेका थिए ।

jackson ribon