birat ribon

मङ्गलबार प्रदेश १ मा ६ सय ६३ सङ्क्रमित थपिए, सात सय ८१ सङ्क्रमणमुक्त

Neuro
मङ्गलबार प्रदेश १ मा ६ सय ६३ सङ्क्रमित थपिए, सात सय ८१ सङ्क्रमणमुक्त

विराटनगर / १८ जेठ । मङ्गलबार प्रदेश १ मा ६ सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा दुई सय ७२, सुनसरीमा एक सय ८५, झापामा एक सय ३३, धनकुटामा २५, उदयपुरमा सात, इलाममा ६, ताप्लेजुङमा तीन, सोलुखुम्वु, सङ्खुवासभा, भोजपुर र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका २८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुषसहित एक सय ६४, सुन्दरहरैँचामा ३३, बूढीगङ्गामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा सात, कटहरीमा ६, जहदामा चार, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा तीन–तीन, बेलबारी र सुनवर्षीमा दुई–दुई, रतुवामाईमा एक र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना पुष्टि भएको छ ।

cura insider

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार सात सय ४२ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार चार सय ९४ पुगेको छ ।

प्रदेश १ मा आज सात सय ८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमुणमुक्त हुनेमा तीन सय ५८ महिला र चार सय २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३७ हजार तीन सय ४५ पुगेको छ ।

jackson ribon