birat ribon

भाइरल बन्दै जसपा नेता राजेन्द्र महतोलाई गोली हान्ने धम्की दिइएको भिडियो

Neuro
भाइरल बन्दै जसपा नेता राजेन्द्र महतोलाई गोली हान्ने धम्की दिइएको भिडियो

विराटनगर / कामचलाउ ओली सरकारमा जान तयार रहेका बेला जनता समाजवादी पार्टीका वरिष्ठ नेता नेता राजेन्द्र महतोलाई सार्वजनिक रूपमा गोली हान्ने धम्की दिइएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रैथाने एकता परिषदको नामबाट फेसबुकमा अपलोड गरिएको सो भिडियोमा उमेश मन्डल नामक कार्यकर्ताले राजेन्द्र महतोको नागरिकता छानबिन नगरे आफूसहितका युवाहरूले गोली हान्ने चेतावनी दिएका छन् ।

cura insider

भारतीय नागरिकहरू नेपाली अङ्गीकृत नागरिक हुने क्रम बढ्दै जाँदा रैथाने मधेसीहरूको हक–अधिकार खोसिने, भारतबाट आएका व्यक्तिलाई नेपालको उच्च पदमा जान रोक्नुपर्ने तर्क उनको छ ।

भारतको बिहार सोनवर्षाका राजेन्द्र महतोले २०२७ सालमा सर्लाही जिल्लाबाट अङ्गीकृत नागरिकता लिएका हुन् ।

स्मरण छ, राजेन्द्र महतोसहित जसपा नेताहरूको दबाबमा हालै प्रधानमन्त्री खड्गप्रसाद ओलीले अध्यादेशमार्फत अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधान केही खुकुलो बनाएका छन् । त्यसबाट हर्षित जनता समाजवादी पार्टी राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री, दुई राज्यमन्त्रीसहित वर्तमान सरकारमा सहभागी हुन पर्खिरहेको छ ।

jackson ribon