birat ribon

केही खुकुलाे बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, बुधबार निर्णय आउने

Neuro
केही खुकुलाे बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, बुधबार निर्णय आउने

काठमाडाैँ/ काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलाे बनाउने तयारी गरिएकाे छ ।

मङ्गलबार दिउँसाे बसेकाे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले २१ गतेबाट निषेधाज्ञा केही खुकुलाे बनाउने विषयमा छलफल भएकाे हाे ।

cura insider

जेठ १४ गतेदेखि बन्द गरिएका खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टाेरलाई समय निर्धारण गरेर खाेल्न दिने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार आज छलफल भए पनि आदेश जारी हुन बाँकी छ । अझै आवश्यक छलफल गरेर भाेलि बुधबार आदेश आउने उनले जानकारी दिए ।

यसैगरी निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार छुटेका सवारी साधनलाई पनि सहजीकरण गरिने छ ।

यसैगरी निर्माण क्षेत्र र उद्याेग पनि निश्चित शर्त राखेर सञ्चालन गर्न दिने तयारी गरिएकाे पराजुलीले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: