birat ribon

मार्सेलो रियल मड्रिडमा सबैभन्दा धेरै खेल खेल्ने ब्राजिलियन खेलाडी

Neuro
मार्सेलो रियल मड्रिडमा सबैभन्दा धेरै खेल खेल्ने ब्राजिलियन खेलाडी

विराटनगर / मार्सेलो रियल मड्रिडमा सबैभन्दा धेरै खेल खेल्ने ब्राजिलियन खेलाडी बन्न सफल भएका छन् । ३३ वर्षीय डिफेन्डर मार्सेलोले रियलका लागि पाँच सय २८ खेल खेलेका छन्, जुन ब्राजिलिन खेलाडीमध्ये सबैभन्दा धेरै हो ।

मार्सेलोले ब्राजिलियन लिजेन्ड रोबर्टो कार्लोसको कीर्तिमान तोडेका हुन् । कार्लोसले रियलका लागि पाँच सय २७ खेल खेलेका छन् । रियलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी भने करिम बेन्जेमा हुन् । बेन्जेमाभन्दां ३१ खेल कम खेलेका मार्सेलो दोस्रो स्थानमा छन् । बेन्जेमाले पाँच सय ५९ खेल खेलेका छन् ।

cura insider

यस्तैमा मङ्गलबार मार्सेलोले सर्वाधिक धेरै खेल खेल्ने उपलब्धी बनाएकोमा उत्सव मनाएका छन् । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको कार्यालयमा ‘५२८ गेम्स’ लेखिएको जर्सी दखाउँदै सेलिब्रेसन गरेको बताइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: