birat ribon

भारतीय क्रिकेट खेलाडीसँगै परिवारका सदस्य पनि इङ्ग्ल्याण्ड जान पाउने

Neuro
भारतीय क्रिकेट खेलाडीसँगै परिवारका सदस्य पनि इङ्ग्ल्याण्ड जान पाउने

विराटनगर / भारतीय क्रिकेट खेलाडीसँगै परिवारका सदस्य पनि इङ्ग्ल्याण्ड जान पाउने भएका छन् । बेलायत सरकारले भारतीय क्रिकेट टोलीका सदस्यसँगै परिवारका सदस्यलाई पनि इङ्ग्ल्यान्ड आउन सक्ने अनुमति दिएको हो ।

बेलायत सरकारले लामो समयसम्म भ्रमणमा रहने हुँदा खेलाडीको मानसिक एकाग्रतालाई ध्यानमा राखेर यस प्रकारको स्वीकृति दिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डको प्रस्तावमा बेलायतले खेलाडीले परिवारका एक सदस्यलाई लिएर आउन पाउने ब्यवस्था गरिएको छ । तर उक्त सदस्यले बेलायत सरकारको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

cura insider

विश्व टेस्ट च्याम्पियनसिपसँगै इङ्ग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला खेल्न प्रस्थान गर्न लागेको भारतीय टोलीले करिब चार महिना इङ्ग्ल्यान्डमा बिताउनेछ । भारतीय क्रिकेट टोली बुधबार इङ्ग्ल्यान्डका लागि प्रस्थान गर्दै छ । भारतको पुरुष र महिला दुवै क्रिकेट टोलीले इङ्ग्ल्यान्ड भ्रमण गर्न लागेको छ ।

इङ्ग्ल्याण्डका लागि प्रस्थान गर्ने चाटर्ड विमानमा खेलाडीसँगै परिवारका सदस्य पनि सहभागी हुने्छन् । लन्डन पुगेर क्रिकेट टोली साउथम्पटन प्रस्थान गर्नेछ । टोलीका सदस्यहरू साउथम्पटनमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

महिला टोली भने ब्रिस्टल प्रस्थान गर्नेछ । ब्रिस्टलमा भारतीय महिला टोलीले इङ्ग्ल्यान्डविरुद्ध एक टेस्ट म्याच खेल्नेछ ।

jackson ribon