birat ribon

ग्रिनवुड युरो कप खेल्ने इङ्ग्ल्यान्डको टोलीबाट बाहिरिए

Neuro
ग्रिनवुड युरो कप खेल्ने इङ्ग्ल्यान्डको टोलीबाट बाहिरिए

विराटनगर / मासोन ग्रिनवुड युरो कप फुटबल २०२० खेल्ने इङ्ग्ल्यान्डको टोलीबाट बाहिरिएका छन् । चोटका कारण म्यानचेस्टर युनाइटेडका फरवार्ड ग्रिनवुड युरो कप खेल्ने इङ्ग्ल्यान्डको प्रारम्भिक टोलीबाट बाहिरिएका हुन् ।

इङ्ग्ल्यान्डले मङ्गलबार विज्ञप्ति जारी गर्दै ग्रिनवुडले युरो कप गुमाउने जानकारी दिएको हो । गत मङ्गलबार मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले युरो कप खेल्ने ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।

cura insider

साउथगेटले ह्यारी केनको कप्तानीमा बनाएको टोलीमा मार्कुस रास्फोर्ड, रहिम स्टर्लिङ, जाडोन सान्चो, फिल फोडेन, बुकायो साका, ह्यारी मागुइरे, मासोन माउन्ट, जेसे लिङ्गार्ड, डिन हेन्डर्सनलगायत खेलाडी समावेश छन् ।

आज इङ्ग्ल्यान्डले २६ सदस्यीय अन्तिम टोलीको नामावली सार्वजनिक गर्दै छ । युरो कपमा इङ्ग्ल्यान्ड समूह ‘बी’ मा छ । यस समूहमा इग्ल्यान्डसँगै डेनमार्क फिनल्याङड, बेल्जियम र रुस छन् ।

jackson ribon