birat ribon

रेशम चाैधरीकाे रिहाइका लागि कानुनसम्मत पहल गर्न सरकार सहमत, ६ बुँदे सहमति

Neuro
रेशम चाैधरीकाे रिहाइका लागि कानुनसम्मत पहल गर्न सरकार सहमत, ६ बुँदे सहमति

काठमाडौं/ सरकार र थारु कल्याणकारिणी सभा, तथा थारुहट/थारुवान संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

cura insider

सहमतिमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित ई. धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ ।

आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउने पनि सहमतिमा उल्लेख छ ।

यस्तै विभिन्न समयमा उठाउँदै आएका मुद्दाहरु सम्बोधन गरी औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि सहमतिमा उल्लेख छ । 

हेर्नुहाेस् सहमतिकाे पूर्ण पाठः

jackson ribon

प्रतिक्रिया दिनुहोस्: