birat ribon

भिडालले अर्जेन्टिनासँगको खेल गुमाउने

Neuro
भिडालले अर्जेन्टिनासँगको खेल गुमाउने

विराटनगर / चिलीका मिडफिल्डर अर्टुरो भिडाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ । चिलीले मङ्गलबार आफ्ना मिडफिल्डर भिडालको कोरोना रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

कोरोना सङ्क्रमण भएसँगै उनी होम आइसोलेसनमा बसेको चिलीले जनाएको छ । अब भिडालले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।

cura insider

चिलीले विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनासँग शुक्रबार प्रतिस्पर्धा गर्दै छ । शुक्रबार नेपाली समयानुसार बिहान ५ः४५ बजे उक्त खेल अर्जेन्टिनामा हुनेछ ।

jackson ribon