birat ribon

पहिलोपटक मानिसमा देखियो बर्ड फ्लूको सङ्क्रमण

Neuro
पहिलोपटक मानिसमा देखियो बर्ड फ्लूको सङ्क्रमण

विराटनगर / चीनका एक व्यक्तिमा एच१०एन३ बर्ड फ्लूको सङ्क्रमण देखिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएअनुसार जिआंग्सुस्थी तझेनजियाङ शहरका एक ४१ वर्षीय पुरुषमा एच१०एन३ बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । योसँगै आयोगले एच१०एन३ बर्ड फ्लू मानिसमा पहिलो पटक देखिएको जनाएको छ । २८ अप्रिलमा ती व्यक्तिमा ज्वरो र अन्य केही लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

cura insider

त्यसको एक महिनापछि अर्थात् २८ मेमा उक्त व्यक्तिमा एच१०एन३ बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण कुखुरामा हुने भाइरसबाट फैलिने, सङ्क्रमण गम्भीर हुने सम्भावना कम हुने र ठूलो स्तरमा यो सङ्क्रमण फैलने जोखिम निकै कम रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका अनुसार सङ्क्रमित व्यक्तिको स्थिति सामान्य भइसकेको हुनाले उक्त व्यक्तिलाई चाँडै अस्पतालबाट डिस्चार्ज गरिने छ । साथै, यी व्यक्तिको सम्पर्कमा आएका मानिसमा भने सङ्क्रमण नसरेको बताइएको छ । चीनमा एभियन इन्फ्लुएन्जाका धेरै स्ट्रेनहरू छन् र, पोल्ट्रीमा काम गर्ने केही मानिस यसबाट सङ्क्रमित हुने गरेको पाइन्छ ।

एच१०एन३ बर्ड फ्लूबाट मानव सङ्क्रमण भएको अन्य कुनै पनि केसहरू यसअघि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको छैन ।

jackson ribon