birat ribon

पार्टी एकता जाेगाउन अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी कमिटीकाे निर्णय

Neuro
पार्टी एकता जाेगाउन अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी कमिटीकाे निर्णय

काठमाडाैँ/ नेकपा एमालेले पार्टी एकता जाेगाउन अन्तिमसम्म प्रयास गर्ने भएकाे छ ।

आज बसेकाे स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारबाही नगर्ने भएको छ ।

cura insider

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने भन्दै नेताहरुलाई कारबाही नगरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने विषयमा छलफल भएको जानकारी दिए ।

यसैगरी ज्ञवालीले पार्टी एकताका लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको पनि बताए । कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताएका हुन् ।

प्रवक्त ज्ञवालीले आवश्यकताका आधारमा कार्यदल पुनः गठन हुनसक्ने बताउँदै अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिए ।

यसैगरी बैठकले संवैधानिक इजलासमा सहभागी न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीप्रति विपक्षी कानुन व्यवसायीले प्रश्न उठाएकोप्रति आपत्ति जनाएको छ । यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्ममा असर पुग्ने निष्कर्य निकालेकाे ज्ञवालीले जनाए ।

‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला आउनुपर्ने भन्दै न्यायपालिकामाथि दिइएको दबाब जायज नभएको पार्टीको निष्कर्ष छ,’ प्रवक्ता ज्ञवालीले भने ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: