birat ribon

गार्सिया बार्सिलोना फर्किए

Neuro
गार्सिया बार्सिलोना फर्किए

विराटनगर / युवा डिफेन्डर इरिक गार्सिया स्पेनिस क्लब बार्सिलोना फर्किएका छन् । बार्सिलोना एकेडेमी छोडेको चार वर्षपछि उनी पुनः स्पेन फर्किएका हुन् ।

मङ्गलबार बार्सिलोनाले २० वर्षीय गार्सियालाई इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो । गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेका छन् ।

cura insider

बार्सिलोनाले गार्सियाको रिलिज क्लज चार मिलियन युरोसमेत राखेको छ । बार्सिलोनाकै एकेडेमीमा हुर्किएका स्पेनिस डिफेन्डर सन् २०१७ मा सिटी गएका थिए ।

सन् २०१८ मा सिटीको यु–१८ र यु–२३ हुँदै उनी सिनियर टोलीमा आवद्ध भएका थिए । गार्सियाले यस सिजन सिटीका लागि प्रिमियर लिगमा ६ खेल खेलेका थिए ।

jackson ribon