birat ribon

सडकमा अलपत्रलाई खाना र विपन्नको घरमा खाद्यान्य पुर्‍याउँदै हाम्रो अभियान

Neuro
सडकमा अलपत्रलाई खाना र विपन्नको घरमा खाद्यान्य पुर्‍याउँदै हाम्रो अभियान

विराटनगर/ निषेधाज्ञाको समयमा हरेक दिन बिहान १० बजे र बेलुका ७ बजे विराटनगर शनिमन्दिरअगाडि भेटिन्छन् जङ्ग थापा ।

उनी मात्रै होइन, सलिना मुर्मूसहित ८–१० जना मन्दिर आपसास नै हुन्छन् । मजदुरी गरेर गुजारा गर्ने उनीहरूले काम पाएका छैनन् ।

cura insider

हाम्रो अभियानले खाना वितरण सुरु गरेपछि भोक टार्न उनी शनिमन्दिरअघि बसेका हुन् । उनीहरू मात्र होइन, तीन सय जना बिहान बेलुका खानाको पर्खाइमा सडक पेटीमा भेटिन्छन् ।

हाम्रो अभियानका सदस्यले खानाको प्याकेट दिएपछि उनीहरू आफ्नो गन्तव्यतर्फ लाग्छन् । हाम्रो अभियानले १८ दिनयता सडकमा बसेकाहरूलाई खाना वितरण गरिरहेको छ ।

अभियानका संयोजक वसिम आलमका अनुसार अभियानले बिहान दुई सय र बेलुका एक सय जनालाई नियमित खाना वितरण गरिरहेको छ ।

खाना खान आउनेहरू मागेर गुजारा गर्ने, प्लास्टिक सङ्कलन गर्ने र मजुदरी गर्नेहरू रहेको उनले बताए । 

‘हनुमान मन्दिर, शनिमन्दिर, बसपार्क हाटखोलालगायत स्थानमा खाना खानेहरू भेला हुन्छन्,’ उनले भने, ‘बिहान १० बजे र बेलुका ७ बजे हाम्रो टिमले खाना वितरण गर्छ ।’ 

कोरोना महामारीको पहिलो लहर नियन्त्रणका लागि लकडाउन गर्दा अभियानले एक सय २० दिन विराटनगरका सडकमा खाना वितरण गरेको थियो ।

महामारीको दोस्रो लहरमा पनि अभियानका सदस्यहरू निःशुल्क खाना वितरण गरिरहेको उनले बताए ।

‘बिहान– बेलुका खाना वितरण गर्छाैं, दिउँसो राहत वितरण गर्छाैं,’ आलमले भने, ‘विपन्न र डेराभाडा गरेर बसेका विद्यार्थीहरूलाई राहत पुर्‍याइदिन्छौं ।’

उनका अनुसार दोस्रो लहरमा तीन सय १५ जनालाई राहत वितरण गरिएको छ ।

‘डेराभाडामा बसेका विद्यार्थी र काम नपाएका मजदुरको अवस्था दयनीय छ,’ आलमले भने, ‘सहयोगी मनहरूले हामीलाई खाद्यान्य उपलब्ध गराएका छन्, त्यही सामग्री हामी वितरण गर्छाैं ।’ 

कृष्ण पार्टी प्यालेसले उपलब्ध गराएको स्थानमा खाना पकाएपछि अभियानका २२ सदस्यले वितरण गर्ने उनले बताए ।

‘हाम्रो अभियान निरन्तर चलिरहेको छ,’ उनले भने, ‘लकडाउन खुलेपछि कपडा वितरण अभियान सञ्चालन गर्‍यौँ, अहिले राहत र खाना वितरण गर्दै छौं ।’

jackson ribon