birat ribon

दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिए, २३ गतेका लागि ताेकियाे पेसी

Neuro
दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिए, २३ गतेका लागि ताेकियाे पेसी

काठमाडौं/ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथिको सुनुवाइका लागि जेठ २३ गतेका लागि पेसी तोकिएको छ।

प्रधानन्याधीश चाेलेन्द्रशमशेर जबराले जेठ २३ का लागि पेसी ताेकेका हुन् ।

cura insider

यसअघि गठन गरिएकाे इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेपछि जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० थान रिट निवेदन दायर भएका थिए।

गत शुक्रबारदेखि संवैधानिक इजलासमा यसबारे सुनुवाइ सुरु भए पनि इजलासमा सहभागी न्यायाधीशबारे विपक्षी कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएकाे थियाे ।

प्रधानन्यायाधीश राणाले आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास तोकेका थिए।

विपक्षी वकिलले तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला न्यायाधीशद्वय कार्की र भट्टराई इजलासबाट बाहिरिएका हुन् ।

यसअघि सर्वाेच्च बारसँगकाे छलफलक्रममा वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत भएका थिए । अब २३ गते नयाँ इजलास गठन भएपछि साेही इजलासमा सुनुवाइ हुने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: