birat ribon

नेपालमा झन्डै एक दर्जन कोभिडका बिरामीमा म्युकरमाइकोसिस

Neuro
नेपालमा झन्डै एक दर्जन कोभिडका बिरामीमा म्युकरमाइकोसिस

विराटनगर / नेपालमा १२ जना कोभिडका बिरामीमा आँखा बिगार्ने म्युकरमाइकोसिसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार म्युकरमाइकोसोस अर्थात् एक प्रकारको ब्ल्याक फङ्गस (कालो ढुसी)को सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले वीरगन्ज, नेपालगन्ज र काठमाडौँलगायत ठाउँका अस्पतालबाट अहिलेसम्म म्युकरमाइकोसिसका करिब १२ जना बिरामी रिपोर्टिङ भएको बताएका छन् ।

cura insider

दस दिनअघि मात्र मन्त्रालयले तीनदेखि चार जनामा कालो ढुसीको सङ्क्रमण देखिएको जानकारी दिएको थियो । नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले घातक कालो ढुसीको सङ्क्रमणको रोकथाम र व्यवस्थापनसम्बन्धी एड्भाइजरी प्रकाशित गरिसकेको छ ।

कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया एम्फोटेरिसिन बी नामक एन्टी फङ्गल औषधिको प्रयोग गर्ने गरिएको छ । तर, औषधिको अभाव हुने देखिएपछि डब्लुएचओबाट औषधिको मागसमेत गरिसकेको छ । भारतमा कोभिडको उपचार गरिरहेका वा निको भइसकेका मानिसमा ब्ल्याक फङ्गसबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भइरहेको छ ।

भारतमा ब्ल्याक फङ्गसबाहेक ह्वाइट फङ्गस, येलो फङ्गस तथा अन्य फङ्गल सङ्क्रमण देखिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: