birat ribon

कोरोनाका भेरियन्टलाई नयाँ नाम दिँदै डब्लुएचओ

Neuro
कोरोनाका भेरियन्टलाई नयाँ नाम दिँदै डब्लुएचओ

विराटनगर / डब्लुएचओले कोरोना भाइरसका नयाँ भेरियन्टका नामकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

कोरोना भाइरसमा म्युटेसन भएर नयाँ भेरियन्ट भेट्ने क्रम बढ्दै जान थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तिनलाई नयाँ प्रणालीबाट नामाकरण गर्ने भएको हो । युके, भारतीयलगायत नयाँ भेरियन्ट पहिलोपटक देखिएको देशको नामबाट चिन्ने गरिएको छ । तर, यसरी नामकरण गरिँदा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो ।

cura insider

डब्लुएचओको कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पार्न नहुने बताएकी छिन् । अबदेखि युके, दक्षिण अफ्रिका र भारतमा देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरको प्रयोग गरेर चिनाइने छ ।

नयाँ नामकरणसँगै युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा र भारतीय भेरियन्टको कोरोना भाइरसलाई डेल्टा भनिने उल्लेख गरिने छ । यी ग्रीक अक्षरले ती भेरियन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन् । कर्खोभका अनुसार २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिने हुँदा नयाँ प्रणाली घोषणा गरिने छ ।

केही दिनयता भारतीय सरकारले भारतमा सबैभन्दा पहिला फेला परेको बि.१.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गर्नुका साथै, कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरू हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशनसमेत दिइएको थियो । डब्लुएचओले आधिकारिक रूपमा भारतमा भेटिएको उक्त भेरियन्टलाई भारतीय भेरियन्ट कहिले पनि भनेको थिएन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: